रास्वपालाई पुन: सरकारमा ल्याउनेबारे छलफल भइराखेको छ : राजेन्द्र लिङ्देन

२०७९ माघ २९, आईतवार ०९:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा ल्याउन सत्ता गठबन्धन भित्र छलफल चलिरहेको छ । आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनस् सरकारमा ल्याउनेबारे छलफल भएको हो।
‘रास्वपालाई पुनस् सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ,’ संयन्त्र बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘यस विषयमा बैठकमा कुराकानी भयो। उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ। त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ।’

बालुवाटारमा भएको संयन्त्र बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी थिए। रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्दै आफ्ना मन्त्रीहरूलाई सरकारबाट भने फिर्ता बोलाएको थियो। रास्वपाबाट प्रतिनिधि सभामा १९ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार