पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको राशिफल

२०८० पुष १६, सोमबार १०:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । भ्रमणमा रुचि बढ्ने छ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ने छ ।

तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तसँग भेटघाट पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्गप्रति आकर्षण बढ्ने छ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय