मनाङ । मनाङमा बिहीबारदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँको जनजीवन कष्टकर भएको छ।
किसानहरू भने खुसी छन्। हिउँ परेपछि खेतीबाली लगाउन पाइन्छ। यहाँ आलुलगायत खेती हुने गर्छ। मंसिर, पुसमा हिउँ पर्यो भने चैतदेखि नै आलुलगायत खेती गर्न सजिलो हुने किसानहरू बताउँछन्।
यसपालि ढिला गरी हिमपात भएको हो। प्रायःमंसिरमै यहाँ हिमपात हुने गर्दथ्यो। माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ।
तस्बिरः नवीन लामिछाने