काठमाडौँ । रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ। युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा यस रियालिटी शो आयोजना हुन लागेको हो।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै शोकाबारे जानकारी दिइएको छ। युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरू हुने बताए। उनका अनुसार एपीवान टेलिभिजनमा अप्रिलबाट र्याप ब्याटल नेपाल प्रसारण हुनेछ।
शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ। शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२, काठमाडौंमा १८ र १९ गते गरिने बताए।
उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको लागि डिजिटल अडिसन गरिने जानकारी दिए।





