काठमाडौँ । भारतीय रियालिटी शो इन्डियन आइडल १४ मा भर्खर टप ११ मा पुग्न सफल गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गीत गायनमा मेनुकालाई गायक संगीतकार राजनराज शिवाकोटीले साथ दिएका छन् ।
गीतमा शब्द एवं संगीत राजनराज शिवाकोटीकै रहेको छ । गीतले इन्डियन आइडलमा उनको थप मनोबल बढ्ने विश्वास रहेको संगीतकार सिवाकोटीले गरेका छन् ।
मेनुका इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन् । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् ।





