काठमाडौंँ । अभिनेता सम्राट सापकोटाको गीत ‘हल्दारसाप की छोरी’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, निर्देशक भुषण दाहाल, पुराना अभिनेता लोकेन्द्र कार्की लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
राजेश गुरुङ ‘रहर’को शब्द रहेको गीतमा संगीत पनि सापकोटा आफैले दिएका छन् । गीतको भिडियोमा उनको अलवा साक्षी लम्साल, नारायण प्रधान, हरिकृष्ण लामा, कृष्ण श्रेष्ठ लगायतको अभिनय अभिनय छ । कृष्ण श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, शंकर पाण्डे निर्माण नियन्त्रक रहेको गीतको भिडियो पनि कलाकार सापकोटा आफैले निर्देशक गरेका हुन् ।
वरिष्ठ कलाकार नीर शाहले सापकोटाको अभिनय जस्तै गायन पनि राम्रो भएको बताए । उनले सापकोटामा भएको धेरै प्रतिभा देख्दा आफु प्रभावित भएको बताए । निर्देशक दाहाल, अभिनेता कार्की लगातले गीतको सफलताको लागि शुभकामना दिए ।





