फिल्म ‘गाउँ नै रमाइलो’मा आर्यन सिग्देल र दयाहाङ राईसँग जोडिए मिरुना मगर

२०८० पुष २१, शनिबार १२:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए ।

यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएका थिए । मिरुना कसको जोडीमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । फिल्ममा बुद्धि तामाङ पनि रहनेछन् । फिल्मका अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिए ।

फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार