राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’ को म्युजिक भिडियो सार्वजनिक

२०८० पुष २१, शनिबार ११:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ ।

दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार