नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको मजबुत दोस्ती नै हो: दीपकराज गिरी

२०८० पुष २०, शुक्रबार १५:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अभिनेता दीपकराज गिरी समसामयिक विषयमा बेलाबेलामा टिप्पणी गर्छन् ।

शुक्रवार उनले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भने भारतसँगको समस्याको समाधान सुझाएका छन् । उनले नेपालको वर्तमान अवस्थाको समाधानको एक मात्र विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती भएको सुझाएका हुन् ।

उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार