काठमाडौंँ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन गर्नेछिन् ।
लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । यतिबेला निर्देशक र कलाकारसहितको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौलीमा छ । फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ ।
फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन् । दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।





