अभिनेता आमिर खानकी छोरी इराले गरिन् बिहे, को हुन् प्रेमी?

२०८० पुष १९, बिहीबार १३:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन्।

उनीहरूले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए। उनीहरूले बुधबार मुम्बईस्थित ताज होटलमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए।

इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। इरा आमिर खान र उनकी पहिलो श्रीमती निर्माता रीना दत्तकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार