यस्तो छ वेंकेटेश र नवाजुद्दीनको फिल्म ‘सैंधव’ को ट्रेलर, कहिले प्रदर्शन हुदैँछ फिल्म?

२०८० पुष १९, बिहीबार १२:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । दक्षिण भारतीय अभिनेता वेंकटेश दग्गुबतीको आगामी फिल्म ‘सैंधव’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सारेगम म्युजिक युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा बाबुछोरीको सम्बन्धलाई देखाइएको छ। फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकी भिलेनको भूमिकामा देखिएका छन्। शैलेश कोलानूले निर्देशन गरेको फिल्ममा वेंकटेश र नवाजुद्दीनसँगै बेबी सारा, आर्य, श्रद्धा श्रीनाथ, रूहानी शर्मा, एंड्रिया जेरेमिया, जिशु सेन गुप्ता, मुकेश ऋषिलगायत कलाकारको अभिनय छ। फिल्ममा वेंकटेशको भरपूर एक्सन दृश्य रहेको छ।

यो फिल्म १३ जनावरीदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार