खिलबहादुर गुरुङको निर्देशनमा बन्ने फिल्म ‘रिमै’ मा सौगात मल्ल अनुबन्धित

२०८० पुष १८, बुधबार १२:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अभिनेता सौगात मल्ल फिल्म ‘रिमै’ मा अनुबन्धित भएका छन्। यसअघि फिल्ममा अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन्।

उनीहरू तीनै जनाले ‘कबड्डी’ को दोश्रो शृंखलामा एकसाथ काम थिए। खिलबहादुर गुरुङको निर्देशनमा बन्ने फिल्ममा दया, रिस्मा र सौगातसँगै डेब्यू अभिनेता विरबल घलेको पनि मुख्य भूमिका रहनेछ।

उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन्। यो फिल्म फागुनबाट छायांकनमा जानेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार