काठमाडौँ । दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो।
प्रमोद खरेल र अनु चौधरीको स्वर रहेको गीतमा किरण श्रेष्ठ र रक्षा बुढाथोकी फिचर्ड छन्। कृष्णहरी बरालको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन्। गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। यो फिल्म आगामी पुस २७ गतेदेखि प्रदर्शन हुँदैछ ।





