कोसँग विवाह गर्दैछिन् बलिउड अभिनेत्री रकुलप्रीत ?

२०८० पुष १७, मंगलवार १५:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गर्दैछिन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गर्न लागेकी हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले २२ फेब्रूअरीमा गोवामा विवाह गर्न लागेका हुन्। विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी हुनेछन्।

रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज’ लगायत फिल्म निर्माण गरेका छन्। उनी अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मिया छोटे मिया’ निर्माण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार