काठमाडौंँ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेकी हुन् । ‘ए मेरो हजुर’ को यस अगाडि ४ सिक्वेलसम्म निर्माण भैसकेको छ ।
उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् । पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् । फिल्ममा उनकै छोरी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुने चर्चा छ ।
यसको अघिल्लो सिक्वेलमा अनमोल र सुहानाको जोडी थियो ।





