काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ को गीत सार्वजनिक भएको छ। सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर बासुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन्। मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर छ।
फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्।
यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।





