काठमाडौँ । केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘मायाका रंगहरू’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन्।
अभिनेता कुन्दनले टेलिशृंखला ‘महाराणा प्रताप, सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म’श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’ मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्। यस फिल्ममा मुख्य भूमिकाका लागि अभिनेता पल शाह अनुबन्धित भइसकेका छन्। यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किमबाट सुरू हुनेछ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।





