काठमाडौँ । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले सामाजिक सञ्जालमा आफ्नो फ्यानलाई ‘आस्क मि एनिथिङ’ भन्दै प्रश्न सेसन राखेकी थिइन्। उनलाई फ्यानले सुरूमै दोस्रो विवाह गर्ने कि नगर्ने भनेर प्रश्न सोधे। ‘आँकडाअनुसार दोस्रो विवाह बेकारको कुरा हो।’ भन्दै उनले प्रश्नको जवाफ दिएकी छन् ।
उनले विश्वभरबाट विवाह टुटेको आँकडा सेयर गरेकी थिइन्। उनले एक्लै आफ्नो जीवनमा रमाउने र काममा केन्द्रित हुने बताएकी छन्। उनले दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँग २०१७ मा विवाह गरेकी थिइन्।
उनीहरूले २०२१ मा डिभार्स गरेका थिए।





