कलाकार माझी किङलाई मनास्लु आइकन अवार्ड

२०८० पुष १२, बिहीबार १७:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ‘माझी किङ’ उपनामले परिचित कलाकार यमन माझीले सर्वोकृष्ट गायक विधामा ‘मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । मनास्लु मिडिया प्रालिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित जमलस्थित राष्ट्रिय नाचघरमा बिहीबार आयोजित सातौं मनास्लु राष्ट्रिय अवार्ड–२०८० समारोहमा उनलाई पुरस्कृत गरिएको हो ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको मनास्लु मिडियाले जनाएको छ । मनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर लगायतले विभिन्न क्षेत्रमा क्रियाशीललाई सम्मन गरेका थिए । समारोहमा सम्मानित व्यक्तित्वहरुबारे प्रकाशित जीवनी ‘एक तारा’ (भाग ७) को विमोचन पनि गरिएको थियो ।

आफ्नो समुदायका विषयमा गीत, संगीत, फिल्म, डकुमेन्ट्रीका सर्जक माझीले अवार्डले आफूलाई थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार