अस्कर विजेता फिल्म ‘प्यारासाइट’ का अभिनेता लि आफ्नै कारमा मृत भेटिए

२०८० पुष ११, बुधबार १३:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अस्कर विजेता फिल्म ‘प्यारासाइट’ का अभिनेता लि सुन-क्युन मृत भेटिएका छन्। ४८ वर्षीय अभिनेता लिको बुधबार निधन भएको हो। उनी आफ्नै कारमा मृत भेटिएका थिए।

सियोलको एक पार्क क्षेत्रमा कारभित्र उनी अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन्। केही समयदेखि उनीविरूद्ध ड्रग्स केसमा छानबिन भइरहेको थियो। उनले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ। लिको मृत्यु हो कि आत्महत्या भन्ने पुष्टि भने भएको छैन। यस विषयमा प्रहरी छानबिन गरिरहेको छ।

दक्षिण कोरियाली अभिनेता लिले सन् २००० मा फिल्म ‘साइको ड्रामा’बाट अभिनय सुरू गरेका थिए। उनले ‘मेक इट बिग, सेन्ट अफ लभ, माई मदर, द मर्मिड’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार