अञ्जना पुनले जितिन मिस नेपाल हङकङको उपाधि

२०८० पुष १०, मंगलवार १६:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर(अप र सेरेना राई सेकेण्ड रनर(अप घोषित भए ।

फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि हङकङ पुगेका थिए । यी दुबैजना जजको रुपमा सहभागि थिए । मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो । उक्त फिनालेको होस्टमा मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री सुभेच्छा खड्का थिइन् ।

बिजेता, उपविजेता र सहविजेतासहित फिनालेमा निशा मल्ल, एलिसा लिम्बु र अञ्जना पुन फाइनलिस्ट थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार