राजेश हमाल अभिनीत ‘हाम्रो जे भने नि तिमी’ गीत सार्वजनिक

२०८० पुष १०, मंगलवार १५:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत सार्वजनिक भएको छ । डा।रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

सन्तानका लागि बाबुको प्रेम देखाउन खोजिएको भिडियोमा अभिनेता हमालको अलावा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको अभिनय छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटन दूतका रुपमा पनि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार