काठमाडौं । पुस १२ गतेदेखि मञ्चन हुन लागेको नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक भएको छ । नाटकको यो संक्षिप्त भिडियोले मलिका महतसहितका कलाकारको पात्र र मनोदशा चित्रण गर्छ ।
टिजरमा अशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार, विम्ब अधिकारीको पनि क्यारेक्टर नाम र हुलिया प्रस्तुत गरिएको छ । मलिकाको अगाडि जलिरहेको आगो र उनको हतास मनस्थिति प्रस्तुत गरिएको छ । मानसिक स्वास्थ्यबारेको यो नाटकबाटै मलिकाले रंगमञ्चमा डेब्यु गर्दैछिन् । नाटकमा उनी चार पात्रको भूमिकामा देखिन लागेकी हुन् ।
थिएटर आकारको प्रस्तुति रहेको नाटक माघ ६ गतेसम्म मञ्चन हुँदैछ । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।





