काठमाडौं । फिल्म ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक भएको छ । पुस २७ गते प्रदर्शन तयारीमा रहेको फिल्मबाट रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।
दीपक श्रेष्ठ निर्देशित फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सार्वजनिक ट्रेलरमा मुख्य पात्रको भेट, सामिप्यता र विछोडको कथा दर्शाइएको छ । यो फिल्मलाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् ।
फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ ।





