काठमाडौँ । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान विवाह गर्दैछिन्। उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गर्न लागेकी हुन्।
उनीहरूले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्न लागेका हुन्। इरा र नुपुर सन् २०२० देखि प्रेम सम्बन्धमा थिए। नुपुर फिटनेस कोच हुन्।
इरा आमिर खानकी पहिलो पत्नी निर्माता रीना दत्तकी छोरी हुन्।





