काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ। टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान दिइएको छ। फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेलगायत कलाकारको पनि अभिनय छ।
महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ। सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ।
यो फिल्म पुस २७ गतेदेखि प्रदर्शन हुनेछ।





