अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ।
मिड डेको रिपोर्टका अनुसार अजय देवगण रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए । अजय देवगण एक लडाइँको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा लाग्यो, उनको आँखामा चोट लाग्यो। रिपोर्टका अनुसार चोट लागेपछि अजय देवगनले केही घन्टा ब्रेक लिए र डाक्टरले उपचार गरे । यस क्रममा रोहितले आफ्नो काम प्रभावित हुन दिएनन् र बाँकी दृश्यको सुटिङ जारी राखे ।
रोहित शेट्टीको आगामी फिल्म ‘सिंघम अगेन’ सिंघम फ्रन्चाइजीको तेस्रो किस्ता हो। फिल्ममा अजय देवगण मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण र रणवीर सिंह पनि मुख्य भूमिकामा देखिने छन् ।