इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए बलिउड स्टार विद्युत र नन्दिता

२०७९ चैत्र २, बिहीबार ११:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई । बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरूले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए ।

विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरूले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरू निकट स्रोतले जनाएको छ । उनीहरूले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । उनीहरूले सामाजिक सन्जालमार्फत आफूहरु इन्गेज्ड भएको जानकारी दिएका थिए ।

उनीहरूले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार