सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को ‘मन रोग’ गीत सार्वजनिक (भिडिओसहित)

२०७९ फाल्गुन २८, आईतवार ११:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को गीत सार्वजनिक भएको छ। आइतबार ओएसआर डिजिटल युट्यब च्यानलमार्फत फिल्ममा समावेशी ‘मन रोग’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा सज्जा चौलागाईंको स्वर रहेको छ। सुश्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतम र रिकेश गुरूङले संगीत भरेका छन् भने संगीत संयोजन सुशान्त गौतमको छ। प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ। श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार