मनमा रिस र प्रतिशोध केहि छैन, कसैलाई गाली नगरिदिनु होलाः अभिनेता शाह

२०७९ फाल्गुन २३, मंगलवार ११:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ । नाबालिगत बलात्कारको आरोपमा जेल परेल एक वर्षपछि सफाइ पाएर रिहाइ भएका अभिनेता पल शाहले आफू फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् ।

हिजो (सोमबार)होली पर्वको शुभकामना व्यक्त गर्दै उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् । ‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।’

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले भनेका छन्, ‘साथै मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनु होला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय