यस्तो रह्यो कलाकारको होली (तस्बिर)

२०७९ फाल्गुन २२, सोमबार १२:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ । फागु अर्थात् होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।

त्रेता यूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होली रङ्गहरुको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर सेलिब्रेसन गर्छन् । कलाकारहरुले पनि आजको दिन आ–आफ्नै तवरले रंगसँग खेल्दै मनाएका छन् । अधिकांश कलाकारले आफ्नो होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार