नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को टिकट बुकिङ खुला

२०७९ फाल्गुन २२, सोमबार ०९:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौं हुने छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आज सोमबारदेखि टिकट बुकिङ खुला भएको छ ।

खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिने आयोजक संस्थाले जनाएको छ । यसपटक ‘निफ’ का प्रतिस्पर्धी चलचित्रहरु चार वटा सिनेमा हल मार्फत प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौता भए अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङमल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी फिल्म प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित फिल्म ‘चरी’ प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार