काठमाडौँ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद–२’ को फस्टलुक (पोष्टर) सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र अर्पण थापा फिचर्ड छन् । फिल्ममा सुदर्शन थापाको निर्देशन छ ।
प्रेमकथाका फिल्म निर्माण र निर्देशनमा अब्बल सुदर्शन यस पटक भने सामाजिक कथावस्तुको फिल्म ‘प्रसाद–२’ लिएर दर्शक माझ आउने तयारीमा छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको छैन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ ।
एसजी फिल्मससँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र’ राखिएको छ ।