सुन तोलामा ११ हजार र चाँदी २७५ रुपैयाँले घट्यो

२०८२ फाल्गुन २०, बुधबार १२:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय