सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

२०८२ आश्विन ३, शुक्रबार १४:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार