एकै दिन १७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार?

२०७९ फाल्गुन २८, आईतवार ०६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) एकै दिन सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

योसँगै, आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार