काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से सूचक २.५६ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से गएको मंगलबार १४ अंकले बढेको थियो ।
बिहीबार नेप्से ५०.०४ अंकले बढेर २००२.७० को विन्दुमा पुगेको छ । यस दिन २६२ कम्पनीका एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँबराबरको ४५ लाख ६६ हजार ०४३ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ३७९.५० विन्दु कायम भएको छ ।
बिहीबार १३ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । यस दिन हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक ३.५९ प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको ३.४६ प्रतिशतले, लगानी उपसमूहको ३.२६ प्रतिशतले, जीवन बिमा उपसमूहको सूचक ३.२२ प्रतिशतले उकालो लागेको छ ।
बिहीबार शुभमपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ ।