काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्सले दिने सेवामा विशेष छुट पाउने छन् । कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटबाट पाउने सेवा सुविधा शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
आगामी दिनमा पनि ग्राहकहरुका लागि गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याउने बैंकले जनाएको छ ।