काठमाडौं । अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको हो । माघ २०७५ मा सीईओमा नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै तश्रो पटक सीईओमा नियुक्त भएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।
एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् । सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव हासिल गरेका छन् ।
नेपाल बंगलादेश बैंक, प्रभु फाइनान्स र प्रभु विकास बैंक हुँदै उनी प्रभु बैंकको सीईओ बनेका थिए । २६ पुसबाट सेञ्चुरी बैंक प्राप्ति गरेर प्रभुले एकीकृत कारोबार थालेको थियो ।