ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर अव तातोपानीमा पनि

२०७९ माघ १२, बिहीबार ०९:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ग्लोबल आइएमई बैंक ले म्याग्दी जिल्लाको बेनी नगरपालिकाको तातोपानीमा बैंकको ६३औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई ध्यानमा राखि बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैकंले जनाएको छ ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन्।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय