जनताको पैसा प्रयोग गरेर जनतालाई नै लूटने संस्थालाई नै बैंक भनिदो रहेछ..

२०७९ पुष २८, बिहीबार १४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मीन बहादुर पण्डित

अर्थ सास्त्रको भाषामा बैंक भनेको के हो ? कम ब्याजमा जनता सँग पैशा सापटी लीएर बढी ब्याजमा जनतालाई नै लगानी गर्ने संस्थालाई बैंक भनिन्छ । अर्थात जनताले बैंकमा पैशा राख्नु भनेको बैंकले त जनता सँग पैशा सापटी लीए जस्तै हो । किन भने त्यो पैशा जनतालाई त मागेको बेला बैंकले तिर्न पर्छ अथवा फिर्ता गर्नु पर्छ । अर्को भाषामा जनताको पैशा प्रयोग गरेर जनतालाई नै लूटने संस्थालाई नै बैंक भनिदो रहेछ । नेपालको बर्तमान संदर्भमा बैंकको परिभाषा त यही हुन आऊँछ । आफु संग भएको पैशा पनी बैंकहरूले माथी उल्लेखित प्रयोजन कै लागी लगानी गर्ने हुन ।

देशमा ब्याज दर बढाएर तरलता अभावको समाधान भयो की बैंकको नाफा मात्र बड्यो अब यी बैंकहरूलाई कहिले सम्म मन परी ढंगले ब्याज बड़ाऊँन दिने । राष्ट्र बैंकले बैंकहरूलाई लगाम लगाउनु पर्दैन । उल्टै राष्ट्र बैंकका गभर्नर पाैषमा तरलता अभाव अझै बढ्छ भनेर ग़ैर ज़िम्मेवार बयान दिंदै हिडेका छन । ज़िम्मेवार व्यक्ति भएसि त निगेटिंभ बयान दिने की अब स्थिति सुद्रीदै छ ढुक्कले लगानी गर्नुहोस भनेर पोज़ेटीभ बयान दिने । नेगेटीभ बयान दिए पछी चाइएको बेला पैसा निकाल्न मिल्दैन की भन्ने डरले सर्वसाधारणले बैंक र सहकारीहरूमा पैशा राख्न डराउँछन, सर्वसाधारणले बैंक र सहकारीहरूमा पैसा नराखे पछी लगानी गर्ने ऋण बैंकहरूले कसरी जुटाउँछन त्यसैले देशमा तरलता अभाव बढ्नुको मुख्य कारण नै सम्बन्धित निकाय असक्षम र ग़ैर ज़िम्मेवार हुनु हो । यस्तो नितीले देशमा उद्योग धन्दा धरासाई भएर आयात मात्र बढ्छ । आयात मात्र गरे पछी बिदेशी मुद्राको संचिति सकिन्छ । बिदेशी मुद्राको संचिति सकियो भने देश टाट पल्टिने स्थितिमा पुग्छ तर आयात बढेको पनी सरकारलाई कुनै चिन्ता छैन, किन भने चर्को भाषण लीएर जनताको ढाड़ सेक्न पाए कै छ त महँगी बढेर सरकार चलाउने के फरक पर्छ र । तलब भत्ता आइ हाल्छ क्यारे ।

बैंक बाट ब्याज लिने मुख्य त दुई वटा कारणहरू हुन्छन । एक विभिन्न ब्यवसाय गर्न, दुई घर खर्च चलाउन । घर खर्च भन्नाले घर बनाउने, जग्गा कीन्ने, व्यक्तिगत ऋण तिर्ने, बच्चा पढ़ाउने, परिवारको उपचार गर्ने, बिवाहमा खर्च गर्ने इत्यादि । उध्योग, ब्यवसाहीहरूले बैंकहरूलाई चर्को ब्याज तिरे पछी बैंकले जती अर्ब नाफा कमाए पनी उध्योग, ब्यवसाहीहरूको नाफा बढ्दैन । यदि नाफा बढाउने भए उत्पादनको मूल्य बड़ाउनुको विकल्प हुँदैन । उत्पादनको मूल्य बढ्नु भनेको महँगीले जनताको ढाड़ सेक्नु हो । त्यसैले अर्थसास्त्रको परिभाषा बदलेर लूटेराहरूको क़ानूनी संस्थालाई बैंक भनिन्छ भनेर नया ढंगले बैंकको परिभाषा गर्नु पर्ने अवस्था आएको छ ।

यदि देशमा कम ब्याज दरमा बैंक बाट पैशा पाइयो भने मात्र उद्योगीहरुले उत्पादन गरेको सामान सस्तो पर्ने हो । तर अहिलेको स्थितिमा नाफा बाट बैंकहरूको चर्को ब्याज तिर्न पनी नपुग्ने स्थिति छ । एक लाख बैंक बाट वा सहकारी बाट ब्याजमा लिनेले बैंकको सेवा सुल्क, धितो पास खर्च आदि जोडदा २४५ जती ब्याज पर्न आऊँछ । त्यो भनेको एक लाखले महीनाको दुई हज़ार र वर्षको २४ हज़ार नाफा त बैंकको ब्याज तिर्नलाई नै कमाउनु पर्छ । अनी सटर भाड़ा, घर भाड़ा र खाना खर्च पनी कमाउन नै पर्यो । यदी यति कमाउन नसके ब्यबसाय डुब्छ । त्यसैले यत्रो ठुलो रिस्क र चुनौती लिएर काम गर्नु भन्दा बिदेशीनु नै ठिक । त्यस कारण बैंकले चर्को ब्याज लिनु भनेको लगानी गर्ने वातावरण नहुनु हो । तर बैंकहरूलाइ यी कुराले प्रभाव पार्दैन, ऊनीहरूलाई त नाफा संग मात्र मतलब हुन्छ । त्यसले उसलाई नाफा र लगानीको चीन्ता नै छैन । चिन्ता त ऋण लीनेहरूलाई मात्र छ यत्रो चर्को ब्याज कसरी तिर्ने होला भनेर ।

देशमा यत्रो ठुलो विकृतिको मुख्य कारण अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर सक्षम, इमांदार र देश र जनता प्रति ज़िम्मेवार नहुनु नै हो । कि त राष्ट्र बैंक र अर्थ मंत्रालयका हाकिमहरूले बैंक संग मिलेर कमीशन खाएर मन परी ढंगले ब्याज बडाउन दिएको हुनु पर्छ । की त अर्थसास्त्र र आफ्नो कामको ज्ञान नभएको हुनु पर्दछ । त्यसैले यहाँ हरेक बैंकहरूको नाफा अर्बमा छ । तर बैंक बाट घर जग्गा धितो राखेर ऋण लीनेहरूको स्थिति घर जग्गा नै लीलामि होला भन्ने डर छ ।

बैंकहरूले सेयरमा पैसा हाल्नेलाई पनी लूटेका छन । बैंकहरू अर्बौ नाफामा छन, तर बैंकहरूको सेयर कीन्नेहरू किन घाटामा छन रु त्यसैले सेयरमा लगानी गर्नेलाई पनी सिधै लूटे सबै बैंकहरू मिलेर । देशमा जती क्राईसीस भयो अथवा कृत्रिम क्राईसीस गरायो त्यती नै बैंकहरूको ब्याज दर बढ्ने हो । अर्थसास्त्रको परिभाषा विभिन्न अर्थसास्त्रिहरूले विभिन्न किसिमले दिए जस्तै बैंकको परीभाषा पनी बिभिन्न बैंक सास्त्रिले विभिन्न किसिमले दिनु पर्ने स्थिति छ । त्यसैले बैंकको अर्को परिभाषा जनतालाई बड़ी ब्याज दिएर बैंकमा पैशा राख़्न प्रोत्साहन गर्ने बहानामा त्यहि पैशा आफु अझै धेरै ब्याज लीएर जनतालाई नै लगानी गर्ने संस्थालाई बैंक भनिदो रहेछ ।

सहकारी र फ़ाइनांसहरूको परीभाषा त दीनै परेन, क़िन भने सहकारी र फ़ाइनांस भनेका साना बैंक हुन । हात्तिका बच्चालाई सानोमा छाऊरो अथवा जे भने पनी आखीरी ठुलो भए पछी हुने त हात्ति नै हुन । भैसीको बच्चालाई पाड़ी भने पनी पछी हुने त भैसी नै हुन । त्यसैले सानालाई सहकारी र फ़ाईनांस अनी ठुलो भए पछी तीनलाई पनी बैंक नै भनिन्छ । नाम जे भए पनी फ़ाईनांस र सहकारीको काम पनी बैंकहरूको जस्तै हो । त्यसैले अर्थ सास्त्रको भाषामा सहकारी वा फ़ाईनांसहरूलाई साना बैंक भनिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय