काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक चेकिङमा कडाइ गर्ने भएको छ । होली पर्वलाई लक्षित गरेर प्रहरीले सोमबार ९भोलि० ट्राफिक चेकिङमा कडाइ गर्न लागेको हो ।
पर्वका नाममा हुने विकृति र दुर्घटनाको जोखिमलाई कम गर्न विशेष चेकिङ गर्न लागिएको ट्राफिक प्रमुख डीआईजी मीरा चौधरीले जानकारी दिइन् । उनका अनुसार उपत्यकाका ६५ स्थानमा चेक पोइन्ट राखिएको छ । “होली पर्वमा विशेष चेकिङ हुन्छ । मापसे चेकिङ, सवारी लाइसेन्स चेकिङलगायतका विषेश चेकिङ हुन्छन्,” डीआईजी चौधरीले भनिन् ।
प्रहरीले ट्राफिक नियम पूर्णरूपमा पालना गरेर मात्रै सवारीसाधन चलाउन आग्रह गरेको छ । मापक पदार्थ सेवन गरी जथाभाबी सवारी चलाए र सडकमा उछृङ्खल गतिविधि गरे जरिबाना र कारबाही गरिने प्रहरीले जनाएको छ ।