भोलिको निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त, गृह मन्त्रालयले भन्यो– ‘तयारी पूरा भयो’

२०८२ फाल्गुन २०, बुधबार १२:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बुधबार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

बैठकमा गृहसचिव श्रेष्ठले प्रजिअहरूसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका थिए । गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय