सुनको मूल्यमा अहिलेसम्मकै ठूलो उछाल, एकैदिन तोलामा १०,४०० रुपैयाँ बढ्यो

२०८२ माघ ७, बुधबार ११:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय