खुमा अर्याल कप क्रिकेट: वालिङ र आँधीखोला विजयी

२०८२ माघ ४, आईतवार १२:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।  स्याङ्जामा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट प्रतियोगितामा वालिङ नगरपालिका र आँधीखोला गाउँपालिकाले जित हासिल गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा वालिङले कालीगण्डकी गाउँपालिकालाई २२ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको वालिङले १३८ रन बनाएको थियो, जसको जवाफमा कालीगण्डकी ११६ रनमै अलआउट भयो । खेलमा अलराउन्ड प्रदर्शन गरेका वालिङका अंकित न्यौपाने ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा आँधीखोला गाउँपालिकाले भीरकोट नगरपालिकालाई ५ रनको रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गर्दै १५७ रन बनाएको आँधीखोलाले भीरकोटलाई १५२ रनमा रोक्यो । खेलमा ४ विकेट लिएका आँधीखोलाका कप्तान ईश्वर क्षेत्री ‘प्लेयर अफ द म्याच’ बने ।

खुमा अर्याल फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ११ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय