खुमा अर्याल टि–२० क्रिकेट: कालीगण्डकीको विजयी सुरुवात

२०८२ माघ ३, शनिबार १४:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । स्याङ्जामा सुरु भएको प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । पुतलीबजारको मालेबगर खेलमैदानमा शुक्रबार भएको खेलमा कालीगण्डकीले फेदीखोला गाउँपालिकालाई ४९ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कालीगण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । उसका लागि अण्डर-१९ का राष्ट्रिय खेलाडी दर्सा सुनारले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा ७३ रन बनाए भने हिलसन पाण्डेले ६५ रनको योगदान दिए ।

१७६ रनको लक्ष्य पछ्याएको फेदीखोलाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो । खेलको ‘प्लेयर अफ द म्याच’ कालीगण्डकीका दर्सा सुनार घोषित भए ।
खुमा अर्याल फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ११ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय