‘जेनजी’ आन्दोलनमा बल प्रयोगको आदेश दिएको छैन-पूर्वगृहमन्त्री लेखक

२०८२ पुष १४, सोमबार १६:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले ‘जेनजी’ आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा सोमबार लिखित बयान पेस गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ‘कुनै हताहती नहोस् र संयमता अपनाउनू’ भनी निर्देशन दिएको बयानमा उल्लेख गरेका छन् । लेखकले ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्वले हिंसात्मक बनाएको र संसद् भवन, सर्वोच्च अदालत तथा आफ्नो निवासमा भएको आगजनी ‘सुनियोजित षड्यन्त्र’ भएको दाबी गरेका छन् ।
घटनामा युवाहरूको ज्यान गएकोमा आफू मर्माहत भएको र आगजनीका कारण आफ्नी बिरामी आमाको समेत निधन भएको दुखद प्रसङ्ग उनले बयानमा उल्लेख गरेका छन् ।

साथै, लेखकले आयोगको सिफारिसमा सरकारले आफ्नो राहदानी रोक्का गरेको र उपत्यका बाहिर जान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउँदै उक्त निर्णय विधिको शासनविपरीत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार