काठमाडाैं । वित्तीय प्रणालीमा भएकाे अधिक तरलता व्यवस्थापनका लगि नेपाल राष्ट्र बैंकले आज ९० अर्ब निक्षेप तान्ने भएकाे छ ।
निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ८४ दिनको लागि थप ९० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत मंसिर २१ गते दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी फागुन १७ गते हुनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।





