जेन-जी आन्दोलनबाट प्रभावित भाटभटेनीका शाखाहरू पुनः सञ्चालनमा

२०८२ भाद्र २९, आईतवार १४:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परेको भाटभटेनी सुपर स्टोरले आज (शनिबार) देखि आफ्ना आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा ल्याएको छ। भाटभटेनीले दिउँसो २ बजेदेखि राति ८:३० बजेसम्मका लागि तोकिएका शाखाहरू खुल्ने जानकारी दिएको छ।
उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, यूडब्लुएटीसी, पाटन, कलंकी, राधेराधे र बालाजु शाखाहरू सञ्चालनमा आएका छन्। त्यसैगरी, उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका शाखाहरू पनि खुलेका छन्।
भाटभटेनीले आफूलाई ुकेवल पसल मात्र नभएर परिवारु को रूपमा प्रस्तुत गर्दै, पुरानै विश्वास, माया र प्रतिबद्धताका साथ सेवा दिन तयार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय